गृहपृष्ठ ‘अन्तर्राष्ट्रिय साझेदारबाट थप सहायताको अपेक्षा’

‘अन्तर्राष्ट्रिय साझेदारबाट थप सहायताको अपेक्षा’

kandel-newskarobar

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को तत्वावधानमा न्यूयोर्कमा जारी दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक छलफलमा नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दैै बुधबार सहभागी भएका छन् ।

त्यस अवसरमा उनले नयाँ संविधानअनुसार तीन तहका निर्वाचन सम्पन्न भई नेपाल राजनीतिक स्थायित्वतर्फ उन्मुख भएको जानकारी दिँदै वर्तमान सरकारको ध्यान ‘समृद्ध नेपाल सुखी नेपाली’ केन्द्रित रहेको बताए ।

सामाजिक क्षेत्रका साथै सार्वजनिक–निजी साझेदारी एवं सहकार्यमा नेपालले विशेष जोड दिएको जानकारी दिँदै उनले प्रविधि तथा अन्य स्रोत साधनका निम्ति अन्तर्राष्ट्रिय साझेदारबाट थप सहायताको अपेक्षा गरेको उल्लेख गरे ।

न्यूयोर्कस्थित नेपाली स्थाई नियोगका अनुसार उच्चस्तरीय बैठकका क्रममा उपाध्यक्ष कँडेलले ‘ऊर्जा क्षेत्र रुपान्तर, नवीकरणीय ऊर्जामा विश्वव्यापी पहुँच’ विषयक छलफलमा भाग लिँदै ऊर्जा क्षेत्रमा दिगो पहुँच सुनिश्चित गर्न तथा उक्त क्षेत्रलाई नवीकरणीय ऊर्जाको स्रोतमा रुपान्तरण गर्न जरुरी भएको बताए ।

(रासस)

प्रकाशित समय २०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु