गृहपृष्ठ कडा सुरक्षाबीच डा. केसी टिचिङ अस्पतालमा

कडा सुरक्षाबीच डा. केसी टिचिङ अस्पतालमा

अनसन जारी राख्ने

drkc1-newskarobar

डा. गाेविन्द केसीलार्इ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएकाे छ । जुम्लामा अनसनरत डा. केसीकाे स्वास्थ्य अवस्था खस्कँदै गएपछि उनलार्इ सरकारले काठमाडाैं ल्याएकाे हाे ।

सुरूमा काठमाडाैं नजाने अडान लिएका केसी पछि काठमाडाैं अाउँन तयार भएका थिए । उनलार्इ लिन गएकाे सरकारी टाेलीलार्इ अबराेध गर्न खाेज्दा प्रहरी र उनका समर्थकबीच केहीबेर अस्पतालमा झडप समेत भएकाे थियाे ।

drkc-newskarobar

प्रहरीले बल प्रयाेग गर्न थालेपछि केसी सरकारी टाेलीसँगै काठमाडाैं अाउँन तयार भएका हुन् । उनलार्इ सेनाकाे हेलिकप्टर चढाएर जुम्लाबाट सुर्खेत र सुर्खेतबाट काठमाडाैं ल्याइएकाे हाे । केसीलार्इ बाेकेकाे सेनाकाे हेलिकप्टर काठमाडाैंकाे टुँडीखेलमा अवतरण गरेकाे थियाे ।

त्यहाँबाट वीर अस्पताल लैजान खाेजे पनि केसीले शीक्षण अस्पताल जाने बताएपछि शिक्षण अस्पताल पुर्याइएकाे हाे । डा. केसीलार्इ शिक्षण अस्पताल पुर्याइँदा बेलुकीकाे साढे ७ बजिसकेकाे थियाे ।

drkc2-newskarobar

डा. केसीलार्इ शिक्षण अस्पतालस्थित यसअघि उनी अनसन बस्दा बस्ने गरेकाे काेठामा राखिएकाे छ । सिधै अाइसियुमा लैजान खाेजिएकाे भए पिन डा. केसीले पहिलेकाे काेठामा लैजान भनेका थिए ।

डा. केसीले अस्पतालमा अनसन जारी राख्ने बताएका छन् भने बाहिर प्रहरीले कडा सुरक्षा दिइरहेकाे छ ।

 

drkc3-newskarobar

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय २१:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु