गृहपृष्ठ टाइगर प्यालेशमा राजस्वको छापा

टाइगर प्यालेशमा राजस्वको छापा

रुपन्देही। तिलोत्तमा नगरपालिकाको कोटिहवामा रहेको पाँच तारे टाइगर प्यालेस रिसोर्टमा राजस्व अनुसन्धान कार्यालय भैरहवाले छापा मारेको छ । प्रमुख कर अधिकृत अर्जुन पाठकले क्यासिनो सञ्चालनको अनुमति लिएको रिसोर्टले मदिराको अनुमति नलिएपछि छापा मारेको बताए।होटल र क्यासिनो सञ्चालक छुट्टाछुट्टै भएपनि सञ्चालकले होटलबाट मदिरा लिएर क्यासिनोमा बेच्ने गरेको पाइएको छ ।

प्रहरी सहित पुगेको अनुसन्धानको टोलीले क्यासिनोमा छापामारी मदिरा नियन्त्रणमा लिएको छ । ‘सञ्चालकले होटलबाट मदिरा लिएर क्यासिनोमा बेच्ने गरेका थिए । तर क्यासिनोमा बेच्ने मदिराको लाइसेन्स लिन मानेका थिएनन्, उनले भने, त्यसैले राजस्व चुहावट भएकाले छापा मारेर मदिरा नियन्त्रणमा लिइएको हो ।

प्रकाशित समय ०९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु