गृहपृष्ठ नाडामा चुनाव : अध्यक्षमा दाहाल र कँडेलको प्रतिस्पर्धा

नाडामा चुनाव : अध्यक्षमा दाहाल र कँडेलको प्रतिस्पर्धा

काठमाडौं। नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन(नाडा)को नयाँ नेतृत्व चयनका लागि सोमबार चुनाव हुँदैछ। नाडाको अध्यक्ष पदमा सिप्रदी ट्रेडिङका निर्देशक शम्भु दाहाल र राम कँडेल प्रतिस्पर्धामा छन्। दाहाल अहिले नाडाका उपाध्यक्ष हुन। नाडाको १४ सदस्य पदका लागि १८ जनाले उम्मेदवारी दिएका छन्।नाडामा प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा हुँदैछ। दाहाल पक्षबाट सदस्यमा कृष्णप्रसाद दुलाल, करणकुमार चौधरी, अभिक ज्योती, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती(सुरेश), अनुपकुमार बराल, विक्रम सिंघानिया, प्रकाश कपुरी, सुरज भट्टरार्इ, दीपक अग्रवाल, मिलनबाबु मल्ल, पंकज अग्रवाल, नन्दकिशोर शाही र निलमणि पाठक(राम) उम्मेदवार छन्।

कँडेल पक्षमा शम्भुप्रसाद सुवेदी, सुमिरण आचार्यलाई थपेर दाहाल प्यानलमा रहेका व्यक्ति सदस्यका उम्मेदवारमा राखिएको छ। कँडेल पक्षमा दाहाल प्यानलमा रहेका कृष्णप्रसाद दुलाल,विक्रम सिंघानिया, सुरेन्द्रकुमार उप्रेती(सुरेश)  र नन्दकिशोर शाहीलाई राखिएको छैन्। नाडाको निर्वाचनमा पूर्व अध्यक्षहरु शेखर गोल्छा र सौरभ ज्योती दाहालको पक्षमा खुलेका छन् भने वर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ मौन बसेका छन्। नाडाका अध्यक्षका उम्मेदवार दाहालले सामूहिक नेतृत्वमार्फत अटोमोबाइल क्षेत्रको विकास र विस्तारमा प्रतिवद्ध हुने बताएका छन्।

प्रकाशित समय १०:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु