गृहपृष्ठ नबिल बैंक र एसियन नेट कम्पनीबीच रेमिट्यान्स सम्झौता

नबिल बैंक र एसियन नेट कम्पनीबीच रेमिट्यान्स सम्झौता

nabilbank_asiannet-newskarobar

 

नबिल बैंक र जापानको एसियन नेट कम्पनीबीच विप्रेषण व्यवसाय सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नबिल बैंकका चिफ बिजनेस अफिसर अनिलकुमार खनाल र एसियन नेट कम्पनीका अध्यक्ष हिगासिदा सुजेनले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात जापानमा रहेका नेपालीहरुले नबिल बैंकमा रहेको खातामा वा नेपालभर जुनसुकै स्थानमा रहेका अन्य कुनै बैंक वा वित्तीय संस्थाको खातामा नबिल बैंकमार्फत रकम पठाउन सक्नेछन् । एसियन नेट कम्पनी जापान सरकारबाट इजाजतपत्र प्राप्त दूरसञ्चार तथा मनी ट्रान्सफर व्यवसाय सञ्चालन गर्ने कम्पनी हो ।

प्रकाशित समय १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु