गृहपृष्ठ त्रिशूलीमा बस खस्यो
त्रिशूलीमा बस खस्यो
फाइल तस्बिर
काठमाडौंबाट वालिङका लागि हिँडेको बस त्रिशूली नदीमा खसेको छ । मुग्लिन मलेखु सडकखण्ड अन्तरगत चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ३ स्थित कुरिनटार र चुम्लिङटारको बीच सडकबाट त्रिशुली नदी किनारमा बस खसेको हो ।
मुग्लीन पुग्नुभन्दा २५ मिटर अगाडिबाट बस त्रिशूलीमा खसेको चितवन प्रहरीले जनाएको छ । थप जानकारी आइनसकेको एसपी सुशीलसिंह राठोरले बताए ।
प्रकाशित समय १२:४१ बजे

















