गृहपृष्ठ अबको कार्यभार विकास र समृद्धि : नारायणकाजी श्रेष्ठ

अबको कार्यभार विकास र समृद्धि : नारायणकाजी श्रेष्ठ

narayan kaji shrestha_newskarobar

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अबको कार्यभार विकास र समृद्धि भएको बताएका छन् । शनिबार महोत्तरीको जलेश्वरमा पार्टीको जिल्लास्तरीय कार्यकत्र्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले सबैको योगदान समृद्धि र विकासमा केन्द्रित हुनपर्नेमा जोड दिए ।

सो अवसरमा पार्टीका आधारभूत तह अब चाँडै एकिकरण हुने जानकारी दिएका श्रेष्ठले मधेसका मुद्दा सम्बोधनका लागि तीनै तहका सरकारलाई घचघच्याउन आग्रह गरे । ‘मधेसका मुख्य मुद्दा ठम्याउनोस्,’ श्रेष्ठले भने, ‘ती मुद्दाको सम्बोधनका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारलाई घचघच्याउनुहोस् ।’

मधेशका सर्वसाधारण जनताको मुद्दा अहिले आफ्नो पार्टीले उठाएर सम्बोधन गर्न सके ठोस् उपलब्धी हुने श्रेष्ठको भनाइ थियो । राजनीति र अवसरसँग जोडिएका मधेशका धेरैजसो मुद्दा अब राष्ट्रिय सरोकारका विषय बनिसकेको श्रेष्ठको भनाइ छ । मुलुकको विकास र समृद्धिको अभियानको थालनी मधेशबाटै थालिए लक्ष्य छिट्टै भेटिने श्रेष्ठले उल्लेख गरे ।

सातमध्ये छ प्रदेश र बहुसंख्यक स्थानीय तहमा पार्टीको नेतृत्वको सरकार भएकाले काम गरेर देखाउन उपयुक्त अवसर भएको श्रेष्ठले बताए । विपक्षी दललाई फू गरेर ढल्ने सरकारझै गरी अनावश्यक खोचे थाप्ने र बखेडा थाप्ने काममा नलागी रचनात्मक विपक्षीको भूमिका देखाउन श्रेष्ठको आग्रह थियो ।

प्रकाशित समय १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु