गृहपृष्ठ चीनको सहयोगमा सिंहदरबारमा सौर्य बत्ती जडान

चीनको सहयोगमा सिंहदरबारमा सौर्य बत्ती जडान

l;+xb/af/df ;f}o{ pmhf{ sf7df8f}Fsf] l;+xb/af/df rLg ;/sf/sf] ;xof]udf hl8t Ps d]ufjf6 Ifdtfsf] ;f}o{ pmhf{ k|0ffnLsf] d+unaf/ pb3f6g ub}{ k|wfgdGqL s]kL zdf{ cf]nL / g]kfnsf nflu rLgsf /fhb"t o' xf]ª . t:jL/ M gjLg kf}8]n, /f;;

काठमाडौँ। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ। चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गरे। सौर्य ऊर्जा उत्पादनका निम्ति प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, ऊर्जा मन्त्रालयसहित सिंहदरबारस्थित २१ वटा भवनका छतमा सौर्य प्यानल जडान गरिएको छ । दुई वर्षअघिदेखि ती प्यानल राख्न थालिएको थियो ।

करीब ६० करोड रुपैयाँ लागत रहेको ‘चाइना एड फोटोभोल्टिक परियोजना’ सोलार बत्ती नेपाल विद्युत् प्राधिकरणको ग्रिडमा जोडिनेछ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सौर्य प्रणाली मुलुकको आर्थिक विकाससँग जोडिएको महत्वपूर्ण परियोजना भएको र यस्ता आयोजनालाई अन्य क्षेत्रमा पनि विस्तार गर्न सके समृद्धिको यात्रामा सहयोग हुने बताए।

उनले नेपालजस्तो भौगोलिक विविधतायुक्त मुलुकमा सौर्य ऊर्जा प्रणाली अति उपयोगी र सान्दर्भिक हुने भन्दै यसलाई समृद्धिको आधारका रुपमा अघि बढाउनुपर्ने धारणा राखे। प्रधानमन्त्री ओलीले मुलुक राजनीतिक संक्रमण व्यवस्थापन गरी आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको उल्लेख गर्दै समृद्धिको यस अभियानमा अधिक उद्योग स्थापना र रोजगारी सिर्जना गर्न तथा पूर्वाधार विकास, सम्पर्क सञ्चाल विस्तारका निम्ति सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे।

“दोहोरो अंकको आर्थिक वृद्धि र परिणाम देखिने गरी देशको विकास गरेर जनतालाई अनुभूत गराउँछौँ त्यसका लागि हाम्रा काम कारवाहीलाई तीव्रगतिमा अघि बढाउन जरुरी हुन्छ”, उनले भने।

चीनसँगको सदियौँदेखिको पारस्परिक सम्बन्धलाई थप उचाइमा पुर्याई आपसी हितका साझा कार्यक्रमलाई समन्वयात्मक ढङ्गले अघि बढाइने प्रधानमन्त्रीको भनाइ थियो ।

चिनियाँ राजदूत यु होङले विकास र समृद्धिका लागि दुई देशबीच लामो समयदेखि समन्वयात्मक सहकार्य रहँदै आएको र त्यसको पछिल्लो उदाहरण सौर्य ऊर्जा महत्वपूर्ण परियोजना भएको उल्लेख गरे। चीन विश्व अर्थतन्त्रको शक्तिशाली मुलुक भएको र पर्यटनको हिसाबले पनि अथाह सम्भावना रहेको भन्दै उनले नेपालको आर्थिक विकासका लागि नयाँ सम्भावनाका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने योजना रहेको बताए। ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले परियोजनाबारे जानकारी दिँदै वातावरण व्यवस्थापन र विकासमा सौर्य ऊर्जा परियोजना महत्वपूर्ण भएको बताए।

प्रकाशित समय ०८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु