गृहपृष्ठ नयाँ प्रधानन्यायाशीधको सिफारिस बुधबार हुने
नयाँ प्रधानन्यायाशीधको सिफारिस बुधबार हुने
नयाँ प्रधानन्यायाशीधको सिफारिस बुधबार हुने भएको छ । यसअघिका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि अर्काे व्यक्ति प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको वैठक बुधबारका लागि बोलाइएको छ ।
यसअघि प्रस्तावित जोशीको सुनुवाई विशेष समितिवाट अस्वीकृत भएपछि नयाँ नाम सिफारिस गर्न बैठक बोलाइएको हो । नयाँ प्रधानन्यायाधीशको लागि यसअघि नै न्याय परिषदको वैठकले दुई जनाको रोष्टर पठाइसकेकोले सोही नाममा छलफल हुने जनाइएको छ ।
सर्वोच्च अदालतमा स्थायी न्यायाधीश रहेका ओमप्रकाश मिश्र र चोलेन्द्र समशेर राणाको नाम संवैधानिक परिषदमा रोष्टरमा रहेका कारण उनीहरूमध्ये एक जना प्रधानन्यायाधीशमा सिफारिस हुनेछन् ।
प्रकाशित समय १९:२९ बजे

















