गृहपृष्ठ किन जाँदैछन् प्रचण्ड चीन र भारत ?

किन जाँदैछन् प्रचण्ड चीन र भारत ?

prachanda-newskarobar

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणको मिति तय भएको छ । उनी पाँच दिने भ्रमणका लागि भदौ २२ गते अर्थात सेप्टेम्बर ७ तारिखमा भारत जाने भएका छन् । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले हालै मात्र प्रचण्डलाई भ्रमणको निम्तो दिएका थिए ।

भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । नेकपाको शक्तिशाली सरकार रहेको अवस्थामा प्रचण्डको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रचण्ड सेप्टेम्बर अन्तिम साता चीन जाने तयारीमा छन् । यद्यपि, औपचारिक पत्र आउन बाँकी रहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने गरी चीन जाने तयारीमा प्रचण्ड छन् ।

प्रकाशित समय १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु