गृहपृष्ठ बिमस्टेक सम्मेलनको तयारी तीव्र
बिमस्टेक सम्मेलनको तयारी तीव्र
होटल हायातमा सदस्य राष्ट्रको सचिवस्तरीय बैठक
आगामी भदौ १४ र १५ गते हुने बिमस्टेक शिखर सम्मेलनको तयारी तीव्र पारिएको छ । शनिबारमात्रै काठमाडौँको होटल हायातमा सदस्य राष्ट्रको सचिवस्तरीय बैठक बसेको छ । बैठकमा विमस्टेक शिखर बैठक हुने स्थान, समय परराष्टमन्त्रीस्तरीय बैठकका लागि एजेण्डा, मुल बैठकको एजेण्डाको प्रारम्भीक खाका, बैठकमा सहभागी हुने सदस्य राष्ट्रका प्रमुखहरुलाई दिइने रिट्रिडको स्थान लगायतका विषयमा छलफल भइरहेको छ ।
सदस्य राष्ट्रका हैसियतले नेपालले बिमस्टेक शिखर सम्मेलन आयोजना गरेको हो । ६ मुलुकका राष्ट्र वा सरकार प्रमुख, परराष्ट्रमन्त्री र सचिव प्रतिनिधिका रुपमा बैठकमा सहभागी हुन नेपाल आउनेछन् । प्रधानमन्त्रीको संयोजकत्वमा गठित राष्ट्रिय मूल समितिले मन्त्रालयगत विभिन्न समिति गठन गरी सडक मर्मत, सरसफाई लगायत काम गर्दै बैठकको तयारी तीव्र पारेको छ । दक्षिण पूर्वी एसियाली देशहरुको साझा संस्थाका रुपमा रहेको बिमस्टेकको शिखर सम्मेलनमा भाग लिनका लागि भदौ ११ गते देखि विदेशी पाहुनाहरु काठमाडौँ आउन थाल्नेछन् ।
प्रकाशित समय १२:३१ बजे

















