गृहपृष्ठ ‘वर्गीकरण पद्दति नै गलत’

‘वर्गीकरण पद्दति नै गलत’

 

काठमाडौं । सरोकारवालाहरुले प्रेस काउन्सिलले गर्ने पत्रपत्रिका वर्गीकरणको पद्दती नै त्रुटीपूर्ण भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशले शुक्रबार आयोजना गरेको अन्तक्र्रियाका वक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले पत्रपत्रिकाको वर्गीकरण गरिने पद्दतिमै सुधारको आवश्यकता औंल्याए ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका अध्यक्ष एनके दाहालको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरु प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रगतिशील पत्रकार महासंघका अध्यक्ष नारायण शर्मा लगायतका वक्ताहरुले प्रेस काउन्सिलको नीतिगत सुधार गरे मात्र पत्रपत्रिका वर्गीकरणको विवाद अन्त्य हुने स्पष्ट पारे ।

प्रेस काउन्सिल नेपालले हालै पत्रपत्रिकाको वर्गीकरणको नतिजा प्रकाशित गरेको थियो । उक्त नतिजा त्रुटिपूर्ण रहेको भन्दै आलोचना भइरहेको छ । सोही नतिजाप्रति लक्षित गर्दै अन्तक्र्रियाका वत्ताहरुले पद्दती नै गलत भएपछि त्यही नीति र पद्दतीलाई आधार मानेर गरिने वर्गीकरणले सही नतिजा नदिने बताए ।

प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले आग्रह, पूर्वाग्रह राखेर पत्रपत्रिका वितरण सम्परीक्षणको नतिजा प्रकाशित गरी विवाद सिर्जना गर्ने हो भने यो पद्दति नै खारेज गर्दा हुने टिप्पणी गरे । उनले काउन्सिलले वर्गीकरणका समयमा भन्ने गरेको ‘हुबहु’ ले पत्रकारहरुको अपमान भएको भन्दै उक्त भाषा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महांघ काठमाडौ शाखाका अध्यक्ष शन्तराम बिडारी, ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेल र भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकीलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित समय २१:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु