गृहपृष्ठ तराई झर्दै केपी ओली

तराई झर्दै केपी ओली

kp oli_newskarobar फाइल तस्बिर

मधेसमा ‘अलोकप्रिय’ भनिएका प्रधानमन्त्री केपी ओली शनिबार मधेस झर्दै छन् । प्रधानमन्त्री ओलीले शनिबार प्रदेश नम्बर २ को सभा बैठकलाई समेत सम्बोधन गर्ने कार्यक्रम छ ।
विगत ४ बर्षदेखि मधेसमा ओलीको शाख बलियो नरहेको बताउने गरिएकाे छ । गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा केही घण्टा जनकपुर पुगेबाहेक मधेस केन्द्रित दलको पक्कड रहेको क्षेत्र प्रदेश नम्बर २ मा प्रधानमन्त्री भए यता पाइला टेकेका छैनन् ।

नेकपाका नेता तथा कार्यकर्ताहरू प्रधानमन्त्री केपी ओलीको जनकपुर भ्रमणलाई भव्य बनाउने तयारीमा जुटेका छन । प्रधानमन्त्री ओलीसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसमेत शनिबार जनकपुर जाँदै छन् । प्रदेशसभामा सम्बोधनपछि ओली र दाहाल पूर्वी धनुषाको बरमझियामा आयोजना हुने माओवादी युद्धकालमा मारिएका नेता रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुनेछन् । माओवादी नेता यादवलाई २०५१ भदौ २ मा उनको गाउँ बरमझिया नजिकै हत्या गरिएको थियो ।

प्रकाशित समय ०८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु