गृहपृष्ठ करबारे जनतालाई बुझाउन नसक्नु नै समस्या – बालानन्द पौडेल

करबारे जनतालाई बुझाउन नसक्नु नै समस्या – बालानन्द पौडेल

संघीयताका जानकार एवं पूर्व प्रशासक बालानन्द पौडेलले स्थानीय तहले कर र सेवाबारे जनतालाई बुझाउन नसक्दा समस्या देखिएको टिप्पणी गरेका छन् । उनले पुनःसंरचना गर्दाको अपेक्षाअनुसार केही स्थानीय तहले काम गर्न नसक्दा आलोचित हुनुपरेको उनको भनाइ छ ।

रुपन्देहीको बुटवलमा आयोजित कार्यक्रममा पौडेलले भने, ‘अहिलेको परिर्वतनमा तीनवटा तहले काम गरिरहेका छन्, नेपालको शासन–सत्ता त्यहीँबाट सञ्चालनमा आएको छ, जनताको काम गर्न गएका जनप्रतिनिधिको काम जनताकै पक्षमा हुनुपर्छ ।’

अहिले सेवा प्रवाह गर्ने ईकाइहरु स्थानीय तहमा नै गएका कारण जनताको बढीभन्दा बढी सुविधा उपभोग गर्न पाउनुपर्ने पौडेलले बताए । तर, दक्ष जनशक्तिको अभावका कारण जनतालाई सेवा दिन स्थानीय तह अझै सक्षम नदेखिएको उनको भनाइ छ ।

एकात्मक व्यवस्थाबाट संघीय संरचनामा गएको बेला बुझाइमा समस्या देखिएको र संघीयताको अभ्यास गर्दा कानुन, शासन गर्ने क्षमता र शैलीजस्ता कुराले स्थानीय तहलाई अलमल्याएको उनले बताए ।

प्रकाशित समय १८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु