गृहपृष्ठ प्रदेश नं. ४ सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्यो
प्रदेश नं. ४ सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्यो
काठमाडौं । प्रदेश नम्बर ४ सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले हिजो सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । प्रदेश सरकारले पहिलो वर्ष कानुन तर्जुमा तथा तथ्यांक वर्ष र आगामी वर्ष प्रादेशिक संरचना निर्माण वर्षका रूपमा मनाउने भएको छ । सरकारले पर्यटन, उर्जा, कृषि र उद्योगलाई प्राथमिकतामा राखेको छ । पहिलो मन्त्रिपरिषदले घोषणा गरेको ८ बुँदे योजनालाई पनि जोड दिइएको छ । सरकारले कोरला–पोखरा सडक निर्माणलाई जोड दिएको छ भने मस्र्याङ्दी र कालीगण्डकी करिडोरलाई आर्थिक करिडोरका रूपमा विकास गर्ने बताएको छ । नीति तथा कार्यक्रममा ठूलो औद्योगिक क्षेत्र, प्रांगारिक मल कारखाना निर्माण, अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र, स्याटेलाइट सिटी निर्माण, सहिद स्मृति पार्क, विद्युतीय सवारी साधनको प्रयोगलाई जोड दिइएको छ । यस्तै सरकारले प्रदेशसभा गठन भएको दिनलाई प्रदेश दिवसको रूपमा मनाउने भएको छ । प्रदेश आफैंले टीभी र रेडियो सञ्चालन गर्ने नीति पनि अघि सारेको छ ।
हेलो मुख्यमन्त्री कार्यक्रम थाल्ने, प्रादेशिक आयोजनाको पहिचान गर्ने विदेशमा रहेका प्रदेशका नागरिकलाई लगानीका लागि आह्वान गर्ने लगाएतका विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
प्रकाशित समय १६:१५ बजे
















