गृहपृष्ठ एमाले—माओवादी केन्द्र एकता संयोजन समितीको बैठक

एमाले—माओवादी केन्द्र एकता संयोजन समितीको बैठक

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । पार्टी एकतामा देखिएका विवाद टुंगो लगाउनका लागि समितिको बैठक बस्न लागेको हो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकता प्रक्रियामा देखिएको असमझदारी हटाउन हिजो एक्लाएक्लै वार्ता भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताले दुई घण्टा लामो छलफल गर्दै आज विहान पार्टी एकता समितिको बैठक बोलाउने सहमति भएको हो । नेताहरुबीच के सहमति भयो भन्ने चाहिं केही खुलाइएको छैन । विवादित विषयमा आज पार्टी एकता संयोजन समितिको बैठकमा छलफल गर्न नेताहरु सहमत भएको दाहालका प्रेस सल्लाहकार बिष्णु सापकोटाले जानकारी दिए ।
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते पार्टी एकता गर्ने उद्घोष गरे पनि दुई दलबीचमा एकीकरणपछि केन्द्रीय समितिमा हुने प्रतिनिधित्वको अनुपात, विधानको प्रस्तावनामा प्रयोग हुने शब्दावली, चुनाव चिह्न जस्ता विषयमा सहमति बन्न सकेको छैन । जनयुद्ध शब्द लेख्ने÷नलेख्ने, चुनाव चिह्न सूर्य नै हुने वा परिमार्जित गर्ने, केन्द्रीय समिति ५०÷५० प्रतिशतको हुनुपर्ने वा निर्वाचन परिणामलाई आधार मान्ने भन्नेमा दुई दलबीच एक मत हुन सकेको छैन ।

प्रकाशित समय १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु