गृहपृष्ठ नेपालको ‘शान्ति प्रक्रियाको मोडेल’ सिक्दै अफगानिस्तान

नेपालको ‘शान्ति प्रक्रियाको मोडेल’ सिक्दै अफगानिस्तान

नेपालको शान्ति प्रक्रियाको अध्ययन गर्न आएको अफगानिस्तानको टोलीसँग प्रचण्ड ।

 

त्यसो त तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले पटक–पटक नेपालको शान्तिप्रक्रिया ‘विश्वकै नमुना’ भएको बताउँदै आएका थिए । दश वर्षसम्म शसस्त्र युद्धमा एक अर्काको दुस्मन जस्तै बनेका तत्कालीन शाही नेपाली सेना र जनमुक्ति सेना समायोजन गरेर अहिले नेपाली सेना बनाइएको छ ।

वि.सं. २०५२ फागुन १ गते गोरखा र सिन्धुलीका प्रहरी चौकी आक्रमण गरी तत्कालीन नेकपा माओवादीले शसस्त्र संघर्ष सुरु गरेको थियो । समयक्रममा उक्त संघर्षले जनयुद्धको रुप लियो ।

त्यसरी सुरु भएको शसस्त्र युद्ध तत्कालीन सात राजनीतिक दलसँग नेकपा (माओवादी)ले १२ बुँदे सहमति गरी समाधानको दिशातर्फ अग्रसर भयो । र, वि.सं. २०६३ मंसिर ५ गते सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भयो । त्यसलगत्तै तत्कालीन जनमुक्ति सेना हतियार विसाएर ‘क्यान्टोनमेन्ट’ मा बसे ।

विस्तृत शान्ति सम्झौताले छिटै पूर्णता पाउन सकेन । तर, यसबीचमा जनमुक्ति सेनाका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने । उनले कार्यकारी भूमिका सहित मुलुकको नेतृत्व सम्हालेका हुन् ।

यसरी विकास हुँदै जाँदा माओवादीका सेना नेपाली सेनामा समायोजन भए । अहिले उनीहरु नेपाली सेनाका रुपमा कार्य गरिरहेका छन् । अर्कातर्फ तत्कालीन युद्धरत माओवादी मूलधारको राजनीतिक पार्टी बन्न सफल भयो । अहिले नेकपा एमालेसँग पार्टी एकता गरी बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष प्रचण्ड छन् ।

यसरी क्रमिक रुपमा विश्वमै उदाहरणीय बनेको नेपालको शान्ति प्रक्रियाबाट सिक्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य रष्ट्र अफगानिस्तानबाट एक टोली नेपाल आएको छ । उक्त टोलीले विहीबार प्रचण्डसँग भेट गर्याे ।

नेपाली शान्ति प्रकियाको मोडल अध्ययन गर्न काठमाडौं आएको अफगानी टोलीले बिहीबार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा प्रचण्डसँग भेट गरेको छ । टोलीले भेटमा नेपालले शान्ति प्रक्रियामा नेपालले अबलम्बन गरेको नीतिका बारेमा पनि छलफल गरेको छ ।

प्रचण्डले अफगानी टोलीलाई नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नमुना भएको बताएका थिए । शान्ति प्रक्रिया सम्पन्न गरेर नेपालले विश्वमै सकारात्मक सन्देश दिएको प्रचण्डले अफगानी टोलीलाई बताएका थिए ।

त्यसो त पछिल्लो समय अफगानिस्तानमा पनि हिंशा भड्कीएका खबरहरु आइरहेका छन् । तर, अफगानिस्तान सरकार वार्ताकै माध्यमबाट समस्या समाधान गर्न जुटेको छ । टोलीले प्रचण्डलाई अफगानिस्तानमा शान्ति स्थापनाको कार्य अघि बढेको र त्यसमा नेपालको मोडेल आफूहरुले अध्ययन गर्न चाहेको बताएको थियो ।

अफगानिस्तान उच्च शान्ति परिषद्की उपप्रमुख पूर्वमन्त्री डा. हबिबा साराबीले अफगानिस्तानको शान्ति प्रक्रिया अघि बढेको मात्रै बताइनन् आफूहरुले नेपालको शान्ति प्रक्रियाबाट सिक्न चाहेको समेत उल्लेख गरिन् ।

टोलीले जनयुद्धका क्रममा हतियारको स्रोत, पूर्व जनमुक्ति सेनासँग भएको हतियारको अवस्था र शान्ति प्रक्रियालाई पूर्णता दिनकै लागि गठन गरिएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयको काम कारबाहीबारे जिज्ञासा राखेका थिए ।

प्रकाशित समय १४:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु