गृहपृष्ठ समृद्ध राष्ट्र निर्माणमा हातेमालो गर्न विदेशमा रहेका नेपालीहरुलाई आह्वान
समृद्ध राष्ट्र निर्माणमा हातेमालो गर्न विदेशमा रहेका नेपालीहरुलाई आह्वान
काठमाडौं । विदेशमा रहेका नेपालीलाई समृद्ध राष्ट्र निर्माणमा हातेमालो गर्दै अघि बढ्न आह्वानका साथ फोरेन प्लिज फर नेपाल संस्था गठन भएको छ । पुर्व शिक्षामन्त्री गंगालाल तुलाधरको नेतृत्वमा गठन भएको संस्थाको रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको छ । अध्ययनको सिलसिला तथा अन्य कारणले विदेशमा गई बसेकाहरुलाई स्वदेश फर्किएर देश
निर्माणमा लाग्न संस्थाले आह्वान गरेको छ । विदेशमा सिकेको शीप र आफुसँग भएको रकम नेपाल ल्याएर लगानी
गर्नसमेत फोरेनले अपिल गरेको छ । विदेशबाट स्वदेश आएर राम्रो काम गरेकाहरुले मोडेल प्रस्तुत गर्दै अन्य विदेशमा
रहेका नेपालीलाई पनि स्वदेश फर्कन आफुहरुले अभियान चलाएको तुलाधरले बताउनुभयो । मातृभुमीका लागि केही
गर्न धेरै विदेशमा रहेका नेपालीहरुको इच्छा भएको भन्दै उहाँले नेपालमा लगानीका लागि आउने अप्ठ्यारा घटाउन
आफुले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा रक्षामन्त्री पोखरेलले अब मुलुक समृद्धि र स्थायित्वको दिशामा गएको भन्दै लगानीमा भन्झट बेर्होन नपर्ने बताउनुभयो । सहयोग गर्ने प्रतिबद्धताभन्दा पनि अब संरचनासहितको काम
कार्यन्वयनको आवश्यकता रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा विभिन्न देशमा लामो समय बसेर स्वदेश फर्किएकाहरुको सहभागिता थियो ।
प्रकाशित समय १५:१८ बजे

















