गृहपृष्ठ वैशाख ३० देखि क्रिकेट प्रतियोगिता 

वैशाख ३० देखि क्रिकेट प्रतियोगिता 

काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०को सहयोगमा राष्ट्रव्यापी त्रिवि बिबिए टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता–२०७५ यही वैशाख ३० गतेदेखि शुरु हुने भएको छ । उक्त प्रतियोगिताका खेल मूलपानीस्थित क्रिकेट मैदानमा हुने आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिए । प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्रका १५ वटा कलेज र उपत्यका बाहिरबाट तीन वटा कलेजले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताको विजेता टोलीले रू ५० हजार तथा उपविजेताले रु २५ हजार पाउने छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले रु १० हजार पाउने छन् भने प्रत्येक खेलका म्यान अफ द म्याच घोषित हुने खेलाडी रु पाँच हजार पाउने छन् । प्रतियोगिता जेठ ८ गतेसम्म चल्नेछ ।

प्रकाशित समय १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु