गृहपृष्ठ नाफा घाटा आफै व्यहोर्ने अर्थमन्त्रीको सुझाव

नाफा घाटा आफै व्यहोर्ने अर्थमन्त्रीको सुझाव

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारका लगानीकर्तालाई नाफा घाटा आफैं बेहोर्न सुझाब दिएका छन् । मन्त्री खतिवाडा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारले सेयर बजारको नाफाघाटा ब्यहोर्न नसक्ने बताएका हुन् ।
नाफा भए आफैं खानुस् घाटा भए ब्यहोर्नुस अब सरकारलाई धारे हात नलगाउनुहोस् ।’ उनले ब्याङग्य गर्दै भने । सरकारले पुँजी बजारको विकासमा कन्जुस्याँई नगर्ने बताए ।
उनले बजारको म्युचुअल फन्ट कमजोर हुँदै गएकोले सेयर बजारमा जोखिम बढ्दै गएको बताए । जोखिम कम हुने क्षेत्रमा मात्र लगानी गर्न सुझाव दिदैं नाफा भएनी मलाई दिनु पर्दैन घाटा भएनी सरकारले बेहोर्न सक्दैन कमजोर मुटु हुनेले सेयरमा लगानी नै नगर्न मन्त्री खतिवाडाले सुझाव दिए ।
जलविद्युतमा सबै नेपालीको लगानी होस् भन्ने सरकारको चाहाना रहेको पनि खतिवाडाले बताए ।

प्रकाशित समय १९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु