गृहपृष्ठ २ अर्ब ८३ करोड सेयर रकम राष्ट्रिय प्रसारण ग्रीडले माग्यो

२ अर्ब ८३ करोड सेयर रकम राष्ट्रिय प्रसारण ग्रीडले माग्यो

काठमाडौं । सरकारस“ग सेयर वापतको रकम राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले मागेको छ । २ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ सेयर वापतको रकम कम्पनीले मागेको हो ।
सो रकम जम्मा गर्न अर्थ मन्त्रालय, ऊर्जा, जस्रोत तथा सिंचाई, रक्षा, गृह, वन तथा वातावरण, शिक्षा विज्ञान तथा प्रविधि, कृषि भुमिसुधार तथा व्यवस्था, कृषि भुमि व्यवस्था, नेपाल विद्युत प्राधिकरणलाई अनुरोध गरेको हो ।
कम्पनी सञ्चालक समिति बैठकले लिन कवुल गरेको सेयर वातपतको रकम जम्मा गर्न सरकारको ध्यानकर्षण गराएको हो । सबैभन्दा बढी लगानी नेपाल विद्युत प्राधिकरणको रहेको छ । विद्युत प्राधिकरणले कम्पनीमा १ अर्ब ८३ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख ७३ हजार ३३३ कित्ता सेयर लिने छ ।
यस्तै ऊर्जा तथा जलस्रोतले ४६ करोड ६६ लाख ६६ हजार रुपैयाँ बराबरको ९२ लाख ८६ हजार ६६८, अर्थको २१ करोड ३३ लाख ३३ हजार रुपैयाँ बराबरको ४२ लाख ४५ हजार कित्ता सेयर लिने कबोल गरेका छन् । बाँकी मन्त्रालयले ५ करोड ३३ लाख ३३ हजार कित्ता सेयर लिन भनेको छ ।

प्रकाशित समय १९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु