गृहपृष्ठ पेट्रोल आयात बढ्योः अघिल्लो वर्षको तुलतामा ३४ प्रतिशतले बृद्वि

पेट्रोल आयात बढ्योः अघिल्लो वर्षको तुलतामा ३४ प्रतिशतले बृद्वि

काठमाडौं । माग तथा खपतको आवस्था निरन्तर बढेपछि पेट्रोलियम पदार्थको आयातमा ३४ प्रतिशतले वृद्धि भएको छ । व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार गत आवको नौ महिनाको तुलनामा पेट्रालियम पदार्थको आयात ३४ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको पहिलो नौ महिनामा कुल ८७ अर्ब ३८ करोड ९२ लाख ७ हजार रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको थियो । व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रका निर्देशक रविन्द्र दुवाडीका अनुसार चालु आर्थिक वर्षको सोही अवधिमा कुल १ खर्ब १७ अर्ब २९ करोड ३४ लाख रुपैयाँको पेट्रोलियम पदार्थको आयात भइसकेको छ । यो आयात गत वर्षको नौ महिनाको तुलनामा ३४ दशमलव २ प्रतिशतले वृद्धि हो । गत आर्थिक वर्षभरिमा पेट्रोलियम पदार्थको कुल आयात १ खर्ब २२ अर्ब ५८ करोड ४८ लाख ८६ हजार रुपैयाँ बराबरको आयात भएको थियो । नेपालमा आयात हुँदे आएको पेट्रोलियम पदार्थको अधिकांश हिस्सा भारतबाटै आयात हुने गरेको छ ।
यता नेपाल आयल निगमले चालु आर्थिक वर्षमा ६ वर्षयताकै बढी पेट्रोलियम पदार्थ आयात भएको जनाएको छ । निगमको तथयाङ्क अनुसार चालु आर्थिक् वर्षमा मात्रै २१ लाख ३५ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । निगमले भारतको आइओसीबाटै पेट्रोलियम पदार्थको आयात भइरहेको बताएपनि व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रले अन्य मुलुकबाट समेत पेट्रोलियम पदार्थको आयात भइरहेको जानकारी दिएको छ । अन्य वस्तुहरु र पेट्रोलिय पदार्थको समेत विदेशबाटै आयात हुने गरेपछि नेपालको व्यापारघाटा समेत निरन्तर बढ्दै गएको छ । चलु आर्थिक वर्षको पहिलो नौमा महिनामा मुलुकको व्यापारघाटा ८ खर्ब नाघिसकेको छ । गत वर्षको सोही अवधिको तुलनामा चलु आर्थिक वर्षमा मुलुकको व्यापार घाटा २० प्रतिशतले वृद्धि भएको व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रका अधिकारीहरुको भनाई थियो ।
नेपालमा पेट्रोलियम पदार्थको माग तथा खपतको आवस्था उच्च रहेपनि भण्डारण र उत्खनन्को आवस्था भने एकदमै न्युन रहेको छ । मुलुकमा सबै किसिमका पेट्रोलियम पदार्थ गरेर ७१ हजार ७ सय किलोलिटर पेट्रोलियम भण्डारण क्षमता रहेको छ । महालेखा परिक्षकको कार्यालयका अनुसार पेट्रोलियम पदार्थको उत्खनन् तथा अन्वेषणका लागि स्थापना गरिएको पेट्रोलियम अन्वेषण आयोजना पनि कामविहीन जस्तै भइसकेको छ । मुलुकका सातै प्रदेशमा तीन महिनाका लागि पुग्ने गरी निर्माण हुन लागको पेट्रोलियम भण्डारणको कार्य भने स्थागित भएको छ । उत्खनन् र भण्डारणको आवस्था न्युन हुँदा एक दिनको बन्द तथा हडतालले पेट्रोलियम पदार्थको आपुर्तिमा समस्या आउने गरेको छ । जसको प्रत्यक्ष असर उपभोक्तामा पर्दै आएको छ ।

प्रकाशित समय ०७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु