गृहपृष्ठ सात घन्टादेखि सिद्धार्थ राजमार्ग अवरुद्ध

सात घन्टादेखि सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा : पहिराेकाे कारण सिद्दार्थ राजमार्ग अबरुद्ध भएको छ। अाइतबारदेखि अाएकाे वर्षाकाे कारण पहिराे खसेपछि बिहान ३ बजेदेखि सडक अबरुद्ध भएको प्रहरीले जनाएकाे छ।
सडक पुर्ण रूपमा सुचारु हुन अझै तीन घण्टा लाग्ने उनले बतए। अहिले सिद्दार्थ राजमार्ग हुँदै जाने सवारी साधन रोकिएका छन भने टाढा टाढा पुग्ने यात्रुसमेत बीचबाटोमै अलपत्र परेका छन्।
पाल्पाको तिनाउ हेडबक्स नजिकै माथिबाट पहिरो खसेपछि सडक अबरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रविन आचार्यले बताउनु भयाे। उहाँका अनुसार पहिरोसङ्गै ठुला ठुला चट्टान सडकबीचमा खसेका छन्। बिहानैदेखि सडक खुलाउने प्रयास गरिएपनि अहिलेसम्म सुचारु हुन सकेको छैन। अहिले ठूलो स्काभेटर बुटवलबाट आउदै गरेको छ। ।

प्रकाशित समय ०८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु