गृहपृष्ठ प्रदेश संग्रहालयमा कर्णालीको सबै सभ्यता छैन (फाेटाे फिचर)

प्रदेश संग्रहालयमा कर्णालीको सबै सभ्यता छैन (फाेटाे फिचर)

कर्णाली भाषाको उद्गम स्थलको रुपमा परिचित छ । अभिलेखायका पूर्वप्रमुख तथा विज्ञ भिमप्रसाद नेपालका अनुसार जुम्ला जिल्लाको सिंजाबाट नेपाली खस भाषाको उत्पति भएको हो । थुप्रै भेषभुषा, तथा संस्कृतिको खानी कर्णालीको प्रदेश संग्रहालय सुर्खेतमा भने सबै सभ्यताको संरक्षण भएको छैन ।

प्रदेश संग्रहालयल सुर्खेतकी प्रमुख शान्ती शेर्मा कर्णालीकासबै सभ्यताको संरक्षण गर्न नसकिएको स्वीकार्छिन् । ‘प्रदेश संग्राहलय पहिले संघ सरकारको मातहतमा थियो । संग्रहालयको बारेमा थोरैलाई मात्र थाहा थियो,’ उनले भनिन् ‘अहिले प्रदेश सरकारको मातहतमा आएपछि कर्णालीका १० वटै जिल्लाका सभ्यता तथा संस्कृतिको सरक्षणमा हामी लागेका छौं ।’
यसको लागी कर्णाली प्रदेश सरकारले समेत केही बजेटको व्यवस्था गरेको छ । संस्कृतीको खानी कर्णालीको सबै प्रकारका सभ्यताको संरक्षण संग्रहालयले गर्ने उनले बताइन् । प्रदेश संग्रहालय सुर्खेतमा कर्णालीको सभ्यता झल्कने राउटे, चौधरी, मगर, भोटे जातिको संस्कृति तथा विभिन्न गरगहना, ढिकी, जातोलगायतका बस्तुहरु देख्न पाईन्छ ।

पछिल्लो समय संग्रहालयको अवलोकन गर्नेहरुको भिड बढ्न थालेको प्रमुख शेर्माले बताइन् । उनले पहिले सुर्खेतका केही पर्यटक तथा विद्यार्थीहरु मात्रै आउने गरेकामा अहिले अन्य जिल्ला तथा विदेशीले समेत संग्रहालयको अवलोकन गर्ने गरेको बताइन् । आर्थिक वर्ष २०७५/७६ को पहिलो चौमासिक साउनदेखि कात्तिक महिनासम्म संग्रहालयले २३ हजार ९ सय राजश्वसमेत संकलन गरेको कार्यालयले जानकारी दिएको छ ।

दोस्रो चौमाशिक मंसिरदेखि फाल्गुन महिनासम्म ४४ हजार ७ सय ४५ रुपैयां संग्रहालयले राजश्व संकलन गरेको छ । आठ महिनाको अवधिमा १० जना बिदेशीसहित ८ हजार ६ सय २६ जनाले प्रदेश संग्रहालयको अवलोकन गरेका छन् ।

संस्कृति संरक्षणका लागि अभिलेख महोत्सव सुरु
कर्णाली प्रदेशको भाषा, लिपी तथा संस्कृतिको संरक्षणका लागि अभिलेखालयको आयोजना तथा प्रदेश संग्रहालय सुर्खेत र सामाजिक विकास मन्त्रालयको सहआयोजनामा अभिलेख महोत्सब २०७५ शुक्रबार शुरु भएको छ ।

तीन दिनसम्म चल्ने महोत्सबको कर्णालीका प्रदेश प्रमुख दुर्गाकेशर खनालले उद्घाटन गरे ।
महोत्सबको उद्घाटनमा बोल्दै प्रदेश प्रमुख दुर्गाकेशर खनालले कर्णालीका थुप्रै अभिलेखहरुको संरक्षण नभएको बताए । नेपाली भाषामा लेखेको शिलालेख दैलेखको दुल्लुमा छ ।

त्यस्तै सामाजीक विकास मन्त्री दल रावलले कर्णालीमा खस संग्रहालयको स्थापना गर्ने योजना रहेको बताए । उनले भने ‘संग्रहालयले संस्कृतिको संरक्षण गर्दछ । त्यसैले प्रदेश सरकारले पनि विभिन्न जातिको संस्कृती झल्कने थारु, मगर, मंगोलियन तथा खस संग्रहालयको स्थापना गर्न बजेटको समेत व्यवस्था गरेको छ ।’ महोत्सबमा विभिन्न समयमा लेखिएका लिपी तथा पुस्तकको समेत प्रर्दशनी गरिएको थियो ।

प्रकाशित समय १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु