गृहपृष्ठ कोरोना कहर : संसदमा सतर्कता (फोटो फिचर)

कोरोना कहर : संसदमा सतर्कता (फोटो फिचर)

कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन आइतबारदेखि सुुरु भएको छ । अधिवेशन सुुरु भएसँगै सरकारले बजेटको तयारीसमेत थालेको हो । विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरस ‍(कोभिड- १९)को प्रतिकार्यसँगै अधिवेशन सुरु गरिएको प्रदेश संसद सचिवालयले जनाएको छ ।

गत शुक्रबार संसद सचिवालयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित १ सय ६६ जनाको स्वाब परीक्षण गरी बजेट अधिवेशनको सुरु गरिएको हो । बैठक हलमा समेत सामाजिक दुरी कायम गरी बैठक सञ्चालन गरिएको थियो । बैठकमा सरकारले आगामी बजेट के-कति र कहिलेका साथै कस्तो नीति तथा कार्यक्रम ल्याउने भन्ने विषयमा छलफल जारी रहेको बताइएको छ ।

प्रकाशित समय २१:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु