गृहपृष्ठ ‘विप्लव’ समूहको ध्वंसात्मक गतिविधिप्रति सरकार गम्भीर : गृहमन्त्री
‘विप्लव’ समूहको ध्वंसात्मक गतिविधिप्रति सरकार गम्भीर : गृहमन्त्री
निर्मलाका हत्यारा छिट्टै पत्ता लगाउँछौ
गृहमन्त्री रामबहादुर थापाले ‘विप्लव’ समूहको विष्फोटन र ध्वंसात्मक गतिविधिप्रति सरकार गम्भीर रहेको बताएका छन् । धनगढीमा पत्रकारसँग गृहमन्त्री थापाले ध्वंसात्मक गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिइरहेको बताए ।
उनले भने, ‘केही समूहबाट विष्फोटन र ध्वंसात्मक गतिविधि गर्ने काम भइरहेको छ, यसमा सरकार गम्भीर भएर नियन्त्रणको लागि लागिपरेको छ ।’ मन्त्री थापाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारवाही गर्ने समेत प्रतिबद्धता जनाए ।
शुरुको अवस्थामा लापर्वाही हुँदा अनुसन्धानमा जटिलता भएको बताउँदै उनले उक्त घटनामा अनुसन्धान कार्य भइरहेको बताए । सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुगेका गृहमन्त्री थापाले संघीय प्रहरी र प्रदेश प्रहरीसम्बन्धी कानुन निमार्णको तयारी भइरहेको बताए ।
प्रकाशित समय १२:२८ बजे
















