गृहपृष्ठ ‘विप्लव’ समूहलाई सरकारले चिन्दैन : प्रधानमन्त्री ओली

‘विप्लव’ समूहलाई सरकारले चिन्दैन : प्रधानमन्त्री ओली

मन्त्रिमण्डलमा हेरफेर हुँदैन

kp-oli-newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई नियन्त्रण गर्ने बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग प्रधानमन्त्री ओलीले विप्लव समूहलाई प्रतिबन्ध मात्रै नभइ नियन्त्रण गर्ने बताए ।

सरकारले ठट्टा नगरेको भन्दै प्रधानमनत्री ओलीले विप्लव समूहलाई नियन्त्रणमा लिने चेतावनी दिए । विप्लव समूह मान्यताप्राप्त संस्था नभएको भन्दै प्रधानमन्त्री ओलीले अनधिकृत समूह रहेको बताए । उनले भने,  जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो, सरकारले चिन्दैन । ’

‘धम्क्याएर लुटपाट गर्ने, उद्यमी व्यवसायीलाई धम्काउने, बम पड्काउने र मान्छे मार्ने राजनीतिक पार्टी हुन सक्दैन’ प्रधानमन्त्री ओलीले भने । यस्ता समूहलाई प्रतिबन्ध लगाउँदा लोकतान्त्रिक पार्टी र नेताहरुको रुवाबासी किन गरेकाे भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले तत्काल मन्त्रीपरिषद हेरफेर नहुने समेत बताए । प्रधानमन्त्री ओली मोरङमा विभन्न कार्यक्रममा सहभागी हुने छन् ।

प्रकाशित समय १२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु