गृहपृष्ठ धर्मका लागि जनमत संग्रह भनेको छैन : महामन्त्री कोइराला

धर्मका लागि जनमत संग्रह भनेको छैन : महामन्त्री कोइराला

sasanka-koirala-newskarobar फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री शंशांक कोइरालाले हिन्दु धर्मका लागि जनमत संग्रह गर्नुपर्ने भनेर आफूले नबोलेको बताएका छन् ।

प्रेस युनियन गुलरियाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टी कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताए । धर्म निरपेक्षताका विषयमा जनमत संग्रहको कुरा नभनेको दावी गर्दै उनले भने ‘पत्रकारले होलीका समय के सोधे मैले बुझ्दै बुझिन, कांग्रेसको चार तारे झण्डा अन्तरगत एक ताराको अर्थ स्वतन्त्र धर्म हो ।’

महामन्त्री कोइरालाले होलीको दिन जनमत संग्रहमा जानुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । चर्को आलोचना पछि उनले २४ घण्टा नबित्दै बोलि फेरेका थिए ।

प्रकाशित समय १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु