गृहपृष्ठ प्रदेश एकको संसद्मा रेडलाईट एरियाको कुरा उठेपछि …
प्रदेश एकको संसद्मा रेडलाईट एरियाको कुरा उठेपछि …
प्रदेश एकको संसद् बैठकमा यौन व्यवसायलाई वैधता दिनेबारे कुरा उठाइको भन्दै महिला सांसदले आपत्ति जनाएका छन् ।
पर्यटन विकासका लागि महिलालाई यौन व्यवसायमा लगाउनु पर्छ भन्ने आशयको अभिव्यक्ति आएको भन्दै प्रदेश सभाकी सांसद इन्दिरा राईले विहीबारको बैठकमा आपत्ति जनाएकी हुन् । प्रदेशको पर्यटन विकासका सम्बन्धमा बनेको विधेयकका विषयमा बुधबारको छलफलमा इलामका सांसद राम रानामगरले रेडलाईट एरिया छुट्याउनु पर्ने आशयको अभिव्यक्ति दिएका थिए ।
उनको अभिव्यक्तिको विरोध गर्दै सांसद राईले संस्कार अनुसार महिलालाई सरस्वती मानेको र त्यसखालका यौन व्यवसायमा लगाउने गरी आएको भनाइप्रति आफ्नो आपत्ति रहेको बताइन् । उनले भनिन्, ‘महिलाको अस्मीताको खिल्लि उडाउने काम भएको छ, नारीलाई देवतासँग तुलना गरिन्छ, तर, हिजो बोल्ने मान्यज्यूले रेडलाईट एरियाको कुरा उठाएर अशोभनीयता प्रकट गर्नुभएको छ ।’
प्रदेश एकको प्रदेशसभामा पर्यटन प्रवर्द्धनका विषयमा बनेको विधेयक छलफलका क्रममा छ । संसद् बैठक शुक्रबार १ बजेका लागि बोलाइएको छ ।
प्रकाशित समय ०९:३६ बजे
















