गृहपृष्ठ एमालेका तीन नेतालाई लाइन लाएर प्रधानमन्त्री बनाएँ : प्रचण्ड
एमालेका तीन नेतालाई लाइन लाएर प्रधानमन्त्री बनाएँ : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन एमालेका तीन नेताहरुलाई लाइन लाएर प्रधानमन्त्री बनाएको बताएका छन् । तत्कालिन एमालेको युवा संगठन युवासंघ नेपालको २९ औं स्थापना दिवसमा प्रचण्डले केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई आफूले लाइन लाएर प्रधानमन्त्री बनाएको बताएका हुन् ।
‘माधव नेपाल कम्युनिस्ट आन्दोलनको नेता हो,उहाँ संसदमा चाहिन्छ भनेर चिठी लेख्ने र प्रधानमन्त्री बन्ने अवस्था ल्याएको मैले हो’ उनले भने, झलनाथजीलाई छापामार शैलीमा प्रधानमन्त्री बनाएको हुँ ।’
‘केपी ओलीलाई संविधान बनाउँ तपाई प्रधानमन्त्री भनेको हुँ । यो पटक पनि चुनावअघिनै तपाई प्रधानमन्त्री भनेको हुँ । अब तपाईहरुले मलाई के भन्नुहुन्छ ? अस्थिर भन्नुहुन्छ कि क्या गज्जबको भन्नुहुन्छ’ उनले भने ।
अध्यक्ष प्रचण्डले युवाहरुको साथ पाए अझै पनि केही नयाँ प्रयोग गरेरमात्र माथि जान मन छ भन्दै आफूलाई साथ दिन आग्रह गरे । उनले पार्टी एकीकरणको बाँकी काम तत्कालै टुंगो लाग्नेसमेत बताए ।
प्रकाशित समय १६:५५ बजे
















