गृहपृष्ठ प्रतिपक्षीले आफ्नो धर्म निर्वाह गर्नु स्वाभाविक : विष्णु पौडेल

प्रतिपक्षीले आफ्नो धर्म निर्वाह गर्नु स्वाभाविक : विष्णु पौडेल

bishnu-poudel फइल तस्बिर

काठमाडौं– सतारुढ नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं सांसद विष्णुप्रसाद पौडेलले सरकारले नीति तथा कार्यक्रममार्फत तत्कालीन र दीर्घकालीन कार्यक्रम अघि सारेको बताएका छन् । नीति तथा कार्यक्रममा आएका कार्यक्रमलाई समय सीमा नै तोकेर राखिएकाले त्यसलाई समय सीमाभित्रै सम्पन्न गर्ने गरी सरकार लागिपरेको उनले प्रस्ट पारे । प्रतिपक्षीले आफ्नो धर्म निर्वाह गर्नु स्वाभाविक रहेको सांसद पौडेलको भनाइ छ । सरकार राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन गलत नभएको उनको प्रस्टोक्ति थियो ।
सांसद भरत साहले प्रतिनिधिसभा र राष्ट्रियसभा अध्यक्षलाई राष्ट्रपतिको सम्बोधनमा अनादार प्रयोग भएको भन्दै आपत्ती जनाए । त्यस्तै, सांसद कमला रोकाले सरकारले ल्याएको नीति तथा कार्यक्रमले सकारात्मक सन्देश दिएको बताइन् । नीति तथा कार्यक्रमले ‘समृद्ध नेपाल : सुखी नेपाली’को नारालाई सार्थक बनाउने परिकल्पना गरेको उनको बुझाइ छ ।
सांसद अमृता अग्रहरीले नीति तथा कार्यक्रमले मधेस विकासको विषयलाई नसमेटेको बताइन् । उनले आगामी वर्षको बजेटमा मधेसको विकासका लागि ठूलो बजेट विनियोजन गर्न माग गरिन् ।
सांसद रेणुकुमारी यादवले नीति तथा कार्यक्रम चुनावी घोषणापत्र जस्तो आएको बताइन् । संविधान संशोधनको विषय एक ठाउँमा पनि उल्लेख नभएको भन्दै उनले आक्रोस व्यक्त गरिन् ।

प्रकाशित समय १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु