गृहपृष्ठ गगन थापाले संसदमा भने- सम्माननीय प्रधानमन्त्री महाराजा होइबक्सन्न

गगन थापाले संसदमा भने- सम्माननीय प्रधानमन्त्री महाराजा होइबक्सन्न

काठमाडौं– सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललार्इ आममाफी दिएको विषयमा नेपाली कांग्रेसका नेता गगन थापाले कडा आपत्ति जनाएका छन् । सरकारले पटक-पटक स्वतन्त्र न्यायपालिकाको खिलाफमा बोल्ने ढुंगेलको आनीबानीमा सुधार आएको भन्ने कुरा हास्यास्पद भएको बताए । ‘जसले मलार्इ वारेन्ट जारी गरेको छ, म उसैलार्इ वारेन्ट जारी गर्छु भन्ने उनको अभिव्यक्ति अहिले पनि विभिन्न सञ्चारमाध्यममा हेर्न र सुन्न सकिन्छ,’ उनले भने, ‘यस्ता सार्वजनिक सरोकारका विषयमा सरकारले आफ्नो ढंगले निर्णय गर्न मिल्दैन ।’

वर्तमान प्रधानमन्त्रीले पहिलेका राजा-महाराजाले जसरी मनपरी ढंगले निर्णय गर्न नमिल्ने भन्दै नेता थापाले संसदमा आक्रोस पोखे । ‘अदालतको निर्णय सर्वोपरी हुनुपर्छ,’ अर्थमन्त्रीले बजेट भाषण गर्नुअघि विशेष समय लिएर बोल्दै नेता थापाले भने, ‘मनपरी निर्णय गनर् सम्माननीय प्रधानमनत्री महाराजा होइबक्सन्न ।’

 

प्रकाशित समय १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु