गृहपृष्ठ नेकपाको स्थायी कमिटीले पायो पूर्णता
नेकपाको स्थायी कमिटीले पायो पूर्णता
- अमृत बोहरा र अमिक शेरचनको लिखित असहमति
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीले पार्टी एकीकरण भएको ११ दिनपछि पूर्णता पाएको छ । तत्कालीन माओवादी केन्द्रले १९ जनाको नाम दिएपछि ४५ सदस्यीय स्थायी कमिटीले बुधबार पूर्णता पाएको हो । स्थायी कमिटीमा तत्कालीन एमालेका तर्फबाट २६ जना चयन भएका छन्, जसमा तत्कालीन एमालेको स्थायी कमिटीमा रघुजी पन्त, विष्णु रिमाल, बेदुराम भुसाल र रघुवीर महासेठ थप भएका छन् ।
त्यस्तै, तत्कालीन माओवादीले पनि नेकपा संयुक्तबाट एकीकरणमा आएका गणेश साह, चुनावअघि नयाँ शक्ति छाडेर फर्किएका देवेन्द्र पौडेल र एकीकरण प्रक्रियामा पछि सामेल भएका मणि थापालाई समावेश गरेको छ । नेकपाले ६ जना नेतालाई स्थायी आमन्त्रित सदस्यका रुपमा राखेको छ । तत्कालीन एमालेका अमृतकुमार बोहोरा, केशव बडाल, सोमनाथ प्यासी र डा. पुष्प कँडेल स्थायी आमन्त्रित सदस्य रहनेछन् । त्यस्तै तत्कालिन माओवादीबाट अमिक शेरचन र पेशल खतिवडा स्थायी आमन्त्रित सदस्य रहनेछन् ।
तर, पार्टीको विधान र केन्द्रीय कमिटीको संरचनाप्रति आपत्ति जनाउँदै नेताद्वय अमृतकुमार बोहरा र अमिक शेरचनले लिखित असहमति राखेका छन् । उनीहरूले आफूलाई दिएको स्थायी आमन्त्रित सदस्य पदसमेत अस्वीकार गरेका छन् । तत्कालीन एमालेको नवौं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्षमा निर्वाचित भएका बोहराले आफूलाई केन्द्रीय कमिटीबाट हटाइनुको कारण मागेका छन् । तत्कालीन नेकपा माले र एमालेका संस्थापक नेता बोहरा माधवकुमार नेपाल महासचिव हुँदासम्म दोस्रो वरीयताका नेता थिए । नेकपाले सचिवालय सदस्यबाहेक अन्य स्थायी कमिटी सदस्यहरुको मर्यादाक्रम तोकेको छैन ।
नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी
केन्द्रीय सचिवालय
केपी शर्मा ओली
पुष्पकमल दाहाल (प्रचण्ड)
माधवकुमार नेपाल
झलनाथ खनाल
बामदेव गौतम
नारायणकाजी श्रेष्ठ
ईश्वर पोखरेल
रामबहादुर थापा (बादल)
विष्णुप्रसाद पौडेल
तत्कालीन एमालेबाट
सुवास नेम्वाङ
भीम रावल
घनश्याम भुसाल
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
भीम आचार्य
गोकर्ण विष्ट
सत्यनारायण मण्डल
छविलाल विश्वकर्मा
विष्णु रिमाल
रघुजी पन्त
बेदुराम भुसाल
रघुवीर महासेठ
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
योगेश भट्टराई
शंकर पोखरेल
सुरेन्द्र पाण्डे
किरण गुरुङ
मुकुन्द न्यौपाने
तत्कालीन माओवादीबाट
देवप्रसाद गुरुङ
टोपबहादुर रायमाझी
गिरिराजमणि पोखरेल
शक्ति बस्नेत
जनार्दन शर्मा (प्रभाकर)
पम्फा भुसाल
मात्रिका यादव
गणेश साह
हरिबोल गजुरेल
अग्नि सापकोटा
वर्षमान पुन
लिलामणि पोखरेल
मणि थापा
लेखराज भट्ट
देवेन्द्र पौडेल
चक्रपाणि खनाल
प्रकाशित समय १६:०२ बजे
















