गृहपृष्ठ यादवको सत्तारोहण चुटकिलाको पुलिन्दाः राजपा नेपाल, प्रदेश दुई सरकार, धरापमा

यादवको सत्तारोहण चुटकिलाको पुलिन्दाः राजपा नेपाल, प्रदेश दुई सरकार, धरापमा

rajapa-nepal-newskarobar

रघुनाथ बजगाँई,
संघीय समाजवादी फोरम नेपाल केन्द्र सरकारमा सहभागी भएपछि राष्ट्रिय जनता पार्टी नेपाल शसंकित भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्रीको सपथ लिए लगत्तै राजपाले उपेन्द्रको सत्तारोहणलाई चुटकिलाको पुलिन्दाको संज्ञा दिएर सम्वन्धमा चिसोपना आएको संकेत गरेको छ । राजपा नेपालका महासचिव मनिस सुमनले फोरम नेपालले एकाएक सत्तामा जाने भर्याङ्ग रुपमा नेकपासंग दुई बुँदे सहमती गरेर आफुहरुलाई धोका दिएको बताए ।


”बडो आश्चर्यजनक ढङ्गले नेकपाले देशकै चौथो ठूलो पार्टी राष्ट्रिय जनता पार्टीलाई वास्तै नगरि फोरमसंग संविधान संसोधन गर्ने सहितको सहमती गर्यो,” महासचिव सुमनले भने त्यो उपेन्द्र यादवको सत्तारोहणका लागि भएको चुटकिलाको पुलिन्दा हो । यो हाँसोको पात्रो मात्रै हो । यसको कुनै अर्थ रहँदैन । यस्ता सम्झौताहरु मधेसमा लागु नै ” उनले भने “मधेस सम्बन्धी सम्झौता गर्ने तर मधेसको सबै भन्दा ठूलो शक्तिलाई सोध्दै नसोध्ने, यस्ता सम्झौताहरु लागू हुँदैन । उपेन्द्र यादवजीलाई शत्ता चढ्ने एउटा भर्याङ्ग मात्रै हो । उनी सत्ता चढे, मन्त्री भए, बधाई दिन चाहन्छु । स्वास्थ्य मन्त्रीको शपथ लिएका छन् स्वस्थ रहन बधाई दिन चाहन्छु । ”
यहि जेठ १४ गते संघीय समाजवादी फोरम र सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीबीच संविधान संशोधन गर्ने सहित दुई बुँदे सहमति भएको थियो । त्यसैका आधारमा फोरम नेपालका अध्यक्ष यादव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा र फोरमबाट सांसद निर्वाचित मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्रालयको जिम्मेवारीमा मन्त्रीपरिषदमा सहभागी भएका हुन् ।
संघीय समाजवादी फोरम नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने सहमतिपत्रमा उल्लेख छ ।
‘सरकारद्वारा गर्न सकिने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गरिने छ,’ सहमतिपत्रमा भनिएको छ, ‘उपरोक्त कार्यहरु आन्तरिक गृहकार्य गरी सहमतिमा समाधान गरिनेछ ।’
“हाम्रो संविधान संशोधनको माग बुँदा बुँदामा थियो, कुन कुन बुँदामा संशोधन गर्ने भन्ने प्रष्ट पारिएको छैन् । मधेस आनदोलन भनेर त्यो दुइृ बुँदेमा लेखिएको छैन् । मधेस आन्दोलनमा सहादत्त प्राप्त गरेकालाई सहिद घोषणाको बिषय, आन्दोलनकारीलाई क्षतीपुर्तीमा केहि बोलिएको छैन् । पाँच सय २ वटा मुद्धा सरकारले हामीमाथी लगाएको छ त्यो फिर्ताको बिषय दुई बुँदेमा छैन् अनि कसरी यो मधेसको पक्षमा भयो ? ” राजपा महासचिव सुमनले प्रश्न गरेका छन् ।

प्रदेश दुईमा सरकार फेरिन सक्ने
प्रदेश नम्बर दुईमा संघीय समाजवादी फोरम र राजपाको बहुमतको सरकार छ । फोरम नेपाल केन्द्र सरकारमा सहभागी भएसंगै प्रदेश दुईको राजपासंगको सहकार्य टुट्न सक्ने देखिएको छ ।
नेपाल कम्युनिष्ट पार्टीले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
जुन विश्वास र आशाका साथ सरकारलाई समर्थन गरिएको थियो, त्यसअनुसार काम नगरेको र सरकारको गति एकदमै सुस्त भएको भन्दै समर्थन फिर्ता लिएको भनिएको छ ।
तत्कालिन नेकपा एमाले र माओवादी एकीकरण भएर बनेको नेकपाको अहिले प्रदेश दुईमा ३२ सांसद छन् । यसरी नेकपा प्रदेश दुईमा सबैभन्दा ठूलो दल बनेको छ । केन्द्रमा सहकार्य गरेका फोरम र नेकपाले सरकार बनाउन चाहेका राजपा नेपाल प्रदेश दुईमा सरकार बाहिर रहनेछ ।
राजपा महासचिव सुमनले सरकार बाहिर रहनुपर्ने अवस्था रहे पनि राजपा तयार रहेको बताए । उनले भने हामीलाई बाहिर रहनुपर्यो भने कुनै दुख छैन् ।

राजपाले ‘नेकपा‘ र ‘फोरम’संगको सहकार्यबारे पुर्नबिचार गर्ने
राजपाले नेपाल कम्युनिस्ट पार्टी र फोरम नेपालसंगको सहकार्यबारे पुर्नबिचार गर्ने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा छलफल गर्न राजपाले यहि जेठ २५ गते राजनीतिक समितिको बैठक आब्हान गरेको छ ।
२५ गतेको राजनीतिक समितिको बैठकपछि पार्टीले समेत नयाँ कोर्स लिने नेताहरुको बुझाइरहेको छ ।
बैठकमा दुबै पार्टीसंगको सहकार्यबारे छलफल हुने र ठोस निर्णय गर्ने जनाइएको छ । फोरमसंगको प्रदेश दुईको सत्ता सहकार्य दिर्घकालिन नहुने अवस्थामा सर्मथन फिर्ता लिने सम्मको निर्णय हुन सक्ने महासचिव सुमनले बताए ।
नेकपाले दुई नम्बर प्रदेश सरकारलाई दिएको सर्मथन फिर्ता लिएको भोलिपल्टै केन्द्र सरकारमा सहभागी हुने निर्णय गरे पछि राजपा शसंकित भएको हो ।
राजपाले केन्द्र सरकारमा सहभागी नहुने समेत स्पष्ट गरेको छ ।
राजपा नेपाल पनि सरकारमा जाने आन्तरिक तयारी गरिरहेको भन्ने छ नि भन्ने प्रश्नमा महासचिव सुमनले भने “ जनताले हामीलाई केन्द्र सरकारमा सहभागि हुने जनमत दिएका छैनन् । हामी त्यो जनमत विरुद्ध जाने पक्षमा छैनौँ । भएको के हो भने, हामीले सरकारको नेतृत्व गरिरहेको नेकपामा नेतृत्वलाई यि यि बुँदामा संविधान संशोधन गर्नु पर्छ भनेर माग राख्यौँ । त्यसमा उहाँहरुले नै सरकारमै आउनुस भनेर प्रस्ताव गरेका हुन् । हामीले पहिले संविधान संशोधन गर्नु भनिरहेकै पृष्ठभुमिमा उपेन्द्र जीले गलत सम्झौता गरेर लोक हँसाए । ”

प्रकाशित समय २२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु