गृहपृष्ठ अर्थमन्त्रीको बचाउमा किन लागेनन् सत्तापक्ष सांसद?

अर्थमन्त्रीको बचाउमा किन लागेनन् सत्तापक्ष सांसद?

कार्यकर्ताको घरदैलो गरेर लामो समय राजनीतिमा लागेका नेताहरूलाई कुनै क्षेत्रको विज्ञ आएर लाभको पद खाँदा स्वाभाविक आक्रोश हुने गरेको समेत बताउँछन् राजनीतिक विश्‍लेषकहरू। दुवै सदनमा आफूमाथिको आक्रोश मात्र देखेका खतिवडाले आफू उपस्थित राष्ट्रियसभामा सांसद कोमल वलीले बजेट यथार्थपरक र गफ नगरी काम गर्ने प्रकृतिको भएको भन्दै प्रशंसा गरेपछि खतिवडाको अनुहारमा आएको मुस्कान हेर्नलायक बन्यो।

तर राजनीतिक विश्लेषक हरि रोका भने बजेटमा पर्याप्त टिप्पणी गर्ने ठाउँ भएकाले सांसद विरोध गर्न बाध्य भएको दाबी गर्छन्। ‘समर्थन गर्न पनि त केही आधार चाहियो नि’, रोकाले भने, ‘यो बजेटमा पर्याप्त कमजोरी रहेका छन्।’ उनले बजेट ककटेल भएको समेत बताए। ‘यस बजेटलाई न समाजवादी भन्न सकिन्छ, न संघीयता केन्द्रित भन्न सकिन्छ, पुँजीवादी भन्नेजस्तो पनि छैन’, रोकाले भने, ‘बजेट त पंचायतवादी जस्तो छ अनि टिप्पणी गर्नै पर्‍यो नि।’ रोकाले अर्थमन्त्री र प्रधानमन्त्रीको क्षेत्र, जिल्ला र प्रदेश हुँदै बजेटको प्राथमिकीकरण भएको समेत आरोप लगाए।


समर्थन गर्न पनि त केही आधार चाहियो नि, यो बजेटमा पर्याप्त कमजोरी रहेका छन्। यस बजेटलाई न समाजवादी भन्न सकिन्छ, न संघीयता केन्द्रित भन्न सकिन्छ, पुँजीवादी भन्नेजस्तो पनि छैन, बजेट त पंचायतवादी जस्तो छ अनि टिप्पणी गर्नै पर्‍यो नि ।’


अर्थविद् डा. विश्‍व पौडेल बजेटमा अनुशासन नाघ्न खोज्दा सत्ता पक्षीय सांसद नै अर्थमन्त्रीमाथि आक्रोशित भएको बताउँछन्। ‘अझै पनि केही कार्यक्रम सांसदलाई हरेर मात्रै दिइएको छ, त्यो गर्नु राम्रो थिएन तर अझै पनि पुगेन भनेर आक्रोशित भएको देखिन्छ’। उनले सत्ता पक्षीय सांसदले भनेजस्तै घोषणापत्र र बजेटमा आकाश पातलको फरक रहे तापनि बजेटले धरातल खोज्ने प्रयास गरेको समेत बताए। वित्तीय अनुशासनको केही पालना गराउन खोज्दा अर्थमन्त्रीमाथि बढी आलोचना भएको पौडलको भनाइ छ।

प्रकाशित समय २०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु