गृहपृष्ठ संसद अवरूद्ध नगर्ने कांग्रेस संसदीय दलको निर्णय

संसद अवरूद्ध नगर्ने कांग्रेस संसदीय दलको निर्णय

नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधि सभा बैठक अवरूद्ध नगर्ने निर्णय गरेको छ ।  मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको हो ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पार्टी उपसभापति विजयकुमार गच्छदारलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेसले संसद चल्न दिएको थिएन ।

आज बस्ने प्रतिनिधि सभा बैठकको सुरुमा आफ्नो कुरा राख्ने त्यसपछि संसद सञ्चालन हुन दिने कांग्रेसको तयारी छ । कांग्रेसले सभामुखलाई यसबारे सूचना दिन भएको छ ।

प्रकाशित समय १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु