गृहपृष्ठ नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यक्षद्वयको प्रस्ताव पेश गर्ने तयारी

नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यक्षद्वयको प्रस्ताव पेश गर्ने तयारी

nekapa-building_newskarobar

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ । बैठकमा ओली र अर्का अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको प्रस्ताव पेश गर्ने तयारी छ । स्थायी कमिटी बैठकमा समस्या समाधानका लागि कार्यदल गठन हुने सम्भावना पनि रहेको नेकपाका एक नेताले बताए ।

शनिबारको सचिवालय बैठकमा सहमति नजुटेपछि ती प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय भएको थियो । स्थायी कमिटीको बैठकबाट पार्टीभित्र हाल देखिएको विवाद निरुपण हुने नेताहरुको विश्वास छ ।

तर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा भने बैठकमा सामेल हुने या नहुने अझै निश्चित भएको छैन ।शनिबारको सचिवालय बैठकमा ओलीको प्रस्तुति हेर्दा उनी आइतबारको स्थायी कमिटी बैठक सामेल हुने सम्भावना निकै कम छ । तर ओलीनिकट नेता सुवास नेम्वाङले भने ओली बैठकमा सामेल हुने दाबी गरेका छन् ।

प्रकाशित समय ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु