गृहपृष्ठ नेकपाको विरोध सभाले राजधानी अस्तव्यस्त, जुलुसमा हजारौँ सहभागी (तस्बिरहरूसहित)

नेकपाको विरोध सभाले राजधानी अस्तव्यस्त, जुलुसमा हजारौँ सहभागी (तस्बिरहरूसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमविरुद्ध नेकपाको प्रचण्ड‑माधव समूहले आयोजना गरेको बृहत् विरोध प्रदर्शनका कारण काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । सबैभन्दा बढी राजधानीको चक्रपथभित्रको ट्राफिक व्यवस्थापन भद्रगोल बनेको छ ।

जुलुस र भीडभाड रोक्न प्रहरीले माइतीघरबाट सर्वोच्च अदालत हुँदै सिंहदरबारतर्फ जाने सडक बन्द गराएपछि यात्रु हिँडेरै गन्तव्यतिर गइरहेका छन् ।

नेकपाले आज एक लाख मानिस उतार्ने भएको छ । पुरानो बसपार्कदेखि भद्रकाली र प्रदर्शनी मार्गसम्मको सडक प्रदर्शनकारीबाट भरिने अपेक्षामा नेकपाले सोहीअनुसार तयारी गरेको छ । टुँडिखेलको पर्खालसँगै जोडेर मञ्च निर्माण गरिएको छ ।

यसअघि पुस १२ गते प्रचण्ड–माधव समूहले भृकुटीमण्डप अगाडिको सडकमा आयोजना गरेको विरोधसभामा पनि हजारौँ प्रदर्शनकारी भेला भएका थिए । त्यसबेला ५० प्रदर्शनकारी उतार्ने लक्ष्य लिएको नेकपाले त्योभन्दा बढी भेला भएपछि ठूलो ठाउँ खोज्दै यसपटक भद्रकाली-पुरानो बसपार्क सडक रोजेको हो । अहिले त्यसो सडकखण्डमा गाडी जान दिइएको छैन ।

नेकपाले काठमाडौँ र ललितपुरका नौ स्थानबाट जुलुस निकाल्दै छ । माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनी मार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिकालगायतका स्थानबाट निस्किने जुलुस रत्नपार्कमा भेला भएर मूल जुलुसमा रुपमा परिणत हुने नेकपाले जनाएको छ । विरोध सभालाई अध्यक्षहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।

केपी ओलीले पुस ५ गते असंवैधानिक ढंगले संसद विघटन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेपछि सबै दल, नागरिक समाज, बुद्धिजीवी, कानुन व्यवसायी आन्दोलनमा छन् ।

प्रकाशित समय १२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु