गृहपृष्ठ ‘राज्य विरुद्धको कसुर’मा रामकुमारी झाँक्रीलाई प्रहरीले थमायो पक्राउ पूर्जी

‘राज्य विरुद्धको कसुर’मा रामकुमारी झाँक्रीलाई प्रहरीले थमायो पक्राउ पूर्जी

नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई अन्तत: प्रहरीले पक्राउ पुर्जी थमाएको छ । बिहान पूर्जी नलिइ गएको प्रहरीसँग आफू नआउने जवाफ दिएपछि उनलाई पूर्जी थमाइएको हो ।

उनलाई राज्य विरुद्धको कसुरमा पक्राउ गर्न लागिएको प्रहरीको पक्राउ पूर्जीमा उल्लेख छ । उनले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी थिइन् ।

उनले सार्वजनिक पदधारण गरेको व्यक्तिका विषयमा अभिव्यक्ति स्वतन्त्रता रहेको र त्यही अनुसार आफूले बोलेको दाबी गरिरहेकी छन् । उनलाई राष्ट्रपति विरुद्ध दिएको अभिव्यक्तिामा बिहान १० बजे प्रहरी कार्यालय उपस्थित हुन भनिएको थियो। तर, उनी उपस्थित नभएपछि प्रहरी लिन निवासमा पुगेको थियो ।

प्रकाशित समय १२:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु