गृहपृष्ठ विपद् जोखिम न्यूनीकरणमा ५ प्रतिशत बजेट माग
विपद् जोखिम न्यूनीकरणमा ५ प्रतिशत बजेट माग
विपद् जोखिम न्यूनीकरणका लागि कम्तिमा पाँच प्रतिशत विनियोजन गर्न सरकारसँग आग्रह गरिएको छ ।
काठमाडौंमा आज सम्पन्न ‘विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलनले विपद् जोखिम व्यवस्थापन, क्षति लेखाजोखाबाट संकटासन्नता लेखाजोखा, उद्धार तथा पुनःस्थापनाबाट जोखिम न्यूनीकरण गर्नेतर्फ अग्रसर हुनुपर्ने निस्कर्षसहित बजेट वृद्धिको माग गरेको हो ।
नेपालमा बाढीपहिरो, आगलागी, चट्याङ जस्ता ५ सय विपद्बाट वार्षिक औसतमा ९ सय १५ व्यक्तिको ज्यान जाने गरेको छ । विपद् जोखिम न्यूनीकरणका लागि सरकारले प्राधिकरण गठनको तयारी गरिरहेका बेला सम्मेलनले बजेट वृद्धिको माग गरेको हो ।
विपद्को व्यवस्थापन गर्न सरकारको नेतृत्वमा १५ वर्षे थप नयाँ राष्ट्रिय कार्यक्रमको विकास गरी कार्यान्वयन गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ । सम्मेलनमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा कार्यरत विश्वका झण्डै १२ राष्ट्रका २ सय भन्दा बढी विज्ञ सहभागी थिए ।
प्रकाशित समय १६:०२ बजे
















