गृहपृष्ठ मानव अधिकारबारे सरकारलाई राम्रोसँग थाहा छ– गृहमन्त्री बादल
मानव अधिकारबारे सरकारलाई राम्रोसँग थाहा छ– गृहमन्त्री बादल

गृहमन्त्री रामबहादुर थापा बादलले मानव अधिकार संरक्षण र प्रबर्द्धनमा सरकार गम्भीर रहेको बताएका छन् । मानव अधिकारको सुनिश्चित गर्नु राज्यको कर्तव्य नै भएको बताउँदै उनले यसका लागि सरकारले आफ्ना संयन्त्रलाई चुस्त बनाएको दाबी पनि गरे । केही पक्षबाट मानव अधिकारबारे सरकार गम्भीर नभएको टिप्पणी आइरहेकोतर्फ संकेत गर्दै उनले भने, ‘मानव अधिकारबारे सरकारलाई राम्रोसँग थाहा छ ।’
प्रहरी प्रधान कार्यालयद्वारा बुढानिकलकण्ठमा आयोजित ‘मानव अधिकार संरक्षण र प्रबर्द्धन नेपाल प्रहरी’ विषयक कार्यशाला गोष्ठिमा गृहमन्त्री थापाले मानव अधिकार उल्लंघनका घटना हुन नदिन र मानव अधिकार सुनिश्चित गराउन सरकारको सबैभन्दा भरपर्दो र बलियो संयन्त्र नै प्रहरी प्रशासन भएको बताए । अपराध न्यूनिकरणका लागि सबै किसिमको प्रयास जारी राख्न उनले नेपाल प्रहरीलाई निर्देशन पनि दिए ।
प्रकाशित समय १२:३२ बजे