गृहपृष्ठ संसदीय समितिले भदौ ५ मा नेतृत्व पाउने

संसदीय समितिले भदौ ५ मा नेतृत्व पाउने

parliament-newskarobar

 

चर्को रस्साकस्सीका बीच संसदीय समितिले नेतृत्व पाउने भएका छन् । प्रतिनिधि सभा मातहतका १० वटा विषयगत समितिले भदौ ५ गते नेतृत्व पाउने भएका हुन् ।

आगामी भदौ ५ गते संसदीय समितिका सभापतिहरुको निर्वाचनको मिति तोकिएपछि समितिले सभापति पाउन लागेका हुन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले भदौ ५ गते संसदीय समितिका सभापति चयनका लागि निर्वाचन हुने जानकारी गराएका हुन् । संसदीय समितिका सभापति चयन हुन नसक्दा बैठकको अध्यक्षता समितिका जेष्ठ सदस्यले गर्दै आएका छन् ।

प्रतिनिधि सभामा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समिति गरी १० विषयगत समिति छन् ।

प्रकाशित समय १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु