गृहपृष्ठ पाँच भाषामा प्रधानमन्त्रीको ट्विट : पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बस्यो
पाँच भाषामा प्रधानमन्त्रीको ट्विट : पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बस्यो
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसालेको बताएका छन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको ६ महिना पुगेको दिन आइतबार ट्विट गर्दै ओलीले यसबीचमा सुशासन र विकासको आधारशीला तय भएको पनि दाबी गरे । प्रधानमन्त्री ओलीले परिणाम देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्ने प्रद्धिबद्धता पनि व्यक्त गरेका छन् ।
‘मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज ६ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ, सुशासन र विकासको आधारशीला तयार भएको छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘यसै आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिनेछ ।’
प्रधानमन्त्रीले नेपाली, मैथिली, भोजपुरी, नेवारी र अंग्रेजी गरी पाँच भाषामा आफ्नो ६ महिने कार्यकालको उपलब्धि ट्विट गरेका छन् । उनी फागुन ३ गते प्रधानमन्त्री बनेका थिए । यसअघि, प्रधानमन्त्रीको सचिवालयले पाँच महिने कार्यकालको उपलब्धि पुस्तिकामार्फत सार्वजनिक गरेको थियो ।



प्रकाशित समय १८:२६ बजे
















