गृहपृष्ठ प्रधानमन्त्रीले कर्मचारीलाई पार्टीप्रति प्रतिबद्ध बनाउन खोजे : देउवा
प्रधानमन्त्रीले कर्मचारीलाई पार्टीप्रति प्रतिबद्ध बनाउन खोजे : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कर्मचारीतन्त्रलाई पार्टीप्रति उत्तरदायी बनाउन खोजेको आरोप लगाएका छन् । नेपाल निजामती कर्मचारी युनियन(संघ)को स्थापना दिवसमा आयोजित कार्यक्रमा सभापती देउवाले सरकार कर्मचारी तन्त्रलाई नेकपाप्रति प्रतिबद्ध कार्यकर्ताको रुपमा विकास गर्न खोजेको आरोप लागाएका हुन् ।
‘अहिले सरकार सबै कर्मचारीलाई आफ्नो पार्टीप्रति प्रतिबद्ध कर्मचारी बनाउन लागेको छ, त्यसले भोली समस्य ल्याउछ,’ देउवाले भने, ‘एक दलिय शासन व्यवस्थाको तयारीमा लागेको भान हुन्छ ।’
नेपाली कांग्रेसले कुनै पनि कर्मचारी स्वतन्त्ररुपमा काम गर्न पाउनु पर्छ भन्ने मान्यताको आधारमा कर्मचारी संगठनको निर्माण गरेको तर कम्युनिष्टकै कारण कांग्रेसले पनि कर्मचारीलाई काग्रेसप्रति प्रतिबद्ध बनाउन लागेको पनि देउवाले बताए ।
त्यस्तै कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सरकारले संवैधानिक मूल्य र मान्यता विपरितका क्रियाकलाप तथा गतीबिधीमा लागेकाले संवैधानिक निकायका सबै कर्मचारीहरु त्रसित रहेको बताए ।
‘दुनियामा यति छोटो अवधीमा सरकार आलोचीत र अलोकप्रिय भएको यो मैले पहिलो पटक देख्दै छु,’ सिटोलाले भने, ‘कम्युनिष्ट कार्यक्रर्तालाई मेरो आग्रह छ, तपाईका नेता र सरकारलाई सम्झाउनुस् नत्र पछुताउनु पर्ला ।’
प्रकाशित समय १८:३४ बजे