गृहपृष्ठ अरिंगालपछि कार्यकर्तालाई ‘मौरी’ हुन प्रधानमन्त्रीको आग्रह

अरिंगालपछि कार्यकर्तालाई ‘मौरी’ हुन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले मौरीजस्तो मिलेर काम गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा कम्युनिष्ट नेतृ साहाना प्रधानको चौथो स्मृति सभामा प्रधानमन्त्री ओलीले मौरीजस्तै मेहनती र मिलनसार भएर अगाडि बढ्न आग्रह गरेका हुन् । ‘कर्मी मौरीजस्तै एकजुट भएर काममा लाग्नुहोस्,’ उनले भने, ‘सबैको संयुक्त मेहनतले देश विकास हन धेरै समय लाग्दैन ।’

यसअघि ओलीले प्रतिक्रियावादीविरुद्ध अरिंगालजस्तो गरी हमला गर्न निर्देशन दिएका थिए । उनको त्यस्तो अभिव्यक्तिको चौतर्फी विरोध भएपछि उनले मौरी जस्तो एकजुट भएर देश हितका लागि काम गर्न आग्रह गरेका हुन् । देशका स्वार्थकै लागि काम गर्न माओवादीसँग मिलेर चुनाव लडेको र पार्टी एकता गरेको उनको प्रस्टोक्ति छ । ‘हामी एकतावद्ध हुनुपर्छ भनेको तर्सिएर, झस्किएर उधुम नै भइहाल्यो’, ओलीले भने, ‘आज मौरी भन्छु । कर्मी मौरीजस्तो एकजुट भएर अघि बढ्ने हो ।’

प्रकाशित समय १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु