गृहपृष्ठ प्रदेश १ का सदस्यहरुलाई लोगो वितरण

प्रदेश १ का सदस्यहरुलाई लोगो वितरण

logo_pradesh 1

प्रदेश१ का प्रदेशसभा सदस्यहरुलाई लगाउने लोगो वितरण गरिएको छ । प्रदेश सभा सचिवालयले सोमबार सदस्यहरुलाई लोगो वितरण गरेको हो । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई लोगो लगाई दिएर कार्यक्रमको सुभारम्भ गरेका थिए । सभामुख भण्डारीलाई मुख्यमन्त्री राईले पनि प्रदेशको लोगो लगाई दिएका थिए ।

त्यसपछि क्रमश सरकारका सदस्यहरु साथै प्रदेश सदस्यहरुलाई सभामुख भण्डारीले लागो वितरण गरेका थिए ।कार्य व्यवस्था परामर्श समितिले पास गरेको लागो प्रयोगमा ल्याइएको जानकारी दिए । प्रदेश सदस्यहरुका लागि यसअघि नै खैरो रंगको कोट अनिवार्य गरिएको छ । लागो सुनसरी इटहरीका कलाकार विक्रम श्रीले बनाएका हुन् ।

प्रदेश सभा सचिवालयले सार्वजनिक सूचना प्रकाशित गरी लोगोको नमुना मागिएको थियो । प्रदेशसभा सचिवालयमा जम्मा २ वटा लोगो प्रतिस्पर्धामा आएका थिए । त्यसमध्ये कलाकार श्रीले तयार गरेको लोगोलाई पास गरिएको थियो ।

कस्तो छ लागो ?

प्रदेश १ का सदस्यहरूलाई लगाउने लोगोमा महिला र पुरुषका हत्केलामाथि भोजपुरे खुकुरी, त्यसमाथि लालीगुराँसका थुङ्गा र धानका बालाले घेरिएका छ । त्यसैगरी लोगोमा प्रदेश १ का १४ जिल्लाको बीचमा सप्तकोसी नदीको शीरमा विश्वको उच्च सगरमाथा हिमालको चुचुरोमा नेपालको राष्ट्रिय झन्डा भएको लोगो बनाइएको छ ।

प्रदेश १ का सभ्यतालाई प्रमुख आधार बनाएर लोगो तयार पारिएको छ । लोगोमा हिमाल, पहाड र तराई तीनै भागलाई प्रस्ट देख्न सकिने छ । अन्न भण्डार तराईका धानका बालादेखि प्रदेश १ मा रहेको गुराँसको राजधानीलाई मात्र नभइ पहिचान बनाएका भोजपुरे खुकुरीलाई समेत समावेश गरिएको छ । प्रदेश सभामा ९३ जना प्रदेश सभा सदस्य छन् । प्रदेश सरकार गत फागुन ३ गते गठन भएको हो ।

प्रकाशित समय १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु