गृहपृष्ठ भारतीय कम्युनिस्ट नेता यचुरी अाज काठमाडौं आउँदै

भारतीय कम्युनिस्ट नेता यचुरी अाज काठमाडौं आउँदै

sitaram_yechuri_newskarobar

भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी अाज (बिहीबार) काठमाडौं अाउँदैछन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाको निमन्त्रणामा यचुरी नेपाल अाउन लागेका हुन् ।

भारतीय नेता यचुरीले पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्ने नेकपाले जनाएको छ ।

काठमाडाैंमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्ने कार्यक्रम छ ।

प्रकाशित समय ०६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु