गृहपृष्ठ काममा आलटाल नगर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन
काममा आलटाल नगर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन
तस्बिर : रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले काम छिटो गर्न मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री ओलीले मन्त्रालयको कार्य प्रगति विवरण सुनेपछि कार्य सम्पादन छिटो गर्न निर्देशन दिएका हुन् ।
उनले आदेश तामेली मात्र हैन काम गर्न मन्त्री र सचिवहरुलाई आग्रह गरे । सरकारले नागरिकको अपेक्षा र आफैँले गरेका प्रतिवद्धता अनुसार काम गर्न नसकेको गुनासो बढेपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई जनअपेक्षा अनुसार काम गर्न र कुनै पनि हालतमा काम नटार्न निर्देशन दिएका हुन् ।
विधिसम्मत ढंगले कामको गतिलाई तीव्रता दिन प्रधानमन्त्रीले निर्देशन दिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर विकासका कामलाई तिव्रता दिन प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, खानेपानी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण र वन तथा वातावरण मन्त्रालयको कार्य प्रगति विवरण सुनाएका थिए । सरकारको काम परिणाममुखि नदेखिएको भन्दै चौतर्फी आलोचना सुरु भएपछि प्रधानमन्त्री ओलीले मन्त्रालयगत समीक्षा थालेका हुन् ।
प्रकाशित समय १६:२९ बजे
















