गृहपृष्ठ ठूला औद्योगिक क्षेत्र खोल्ने तयारी अन्तिम चरणमा : मन्त्री पण्डित

ठूला औद्योगिक क्षेत्र खोल्ने तयारी अन्तिम चरणमा : मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले सरकारले मुलकका विभिन्न ८ स्थानमा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी गरेको बताएका छन् । उद्योगका समस्या समाधान गर्न सरकार केन्द्रित रहेको बताउँदै मन्त्री पण्डितले औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए ।

उद्योग संगठन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको औद्योगिक तथा व्यसायिक प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका र स्थानीय आर्थिक ऐनले पारेको प्रभाव विषयक कार्यक्रममा उनले देशको समृद्धि र जनतालाई सुखी बनाउन उद्यमीहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।

आर्थिक समृद्धि सरकारको प्रमुख लक्ष्य रहेको बताउँदै मन्त्री पण्डितले राजनीतिक आन्दोलन समाप्त भएकाले मुलुकको समृद्धिमा अब सरकारको ध्यान केन्द्रित रहेको बताए । वैदेशिक रोजगारवाट आर्जन हुने रेमिट्यान्सबाट आर्थिक समृद्ध कायम हुन नसक्ने वताउँदै उनले दक्ष युवा जनशक्तिलाई स्वदेशमा रोजगारी उपलव्ध गराउने खालका योजना ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश १ का आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोले संघीयता कार्यान्वयनमा रहेको अवस्थामा कर सम्बन्धी समस्या आगामी दिनमा समाधान हुने वताए । उनले प्रदेशमा दरबन्दी अनुसारको कर्मचारी समायोजन नहुँदा सरकारको काममा समस्या भएको बताए । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विकास निमार्णका लागि करको दायरा वढाएको वताए ।

करबाट उठेको पैसा जनताका लागि विकास निमार्णमा खर्च गरिने उनको भनाई थियो । कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेसहित मोरङ र सुनसरीका स्थानीय तहका प्रमुख, उप्रमुख तथा प्रशासकीय अधिकृतहरुको सहभागिता थियो ।

प्रकाशित समय १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु