गृहपृष्ठ नेकपाको सचिवालय बैठक : पौडेल र थापाको मोडेलमा छलफल हुने

नेकपाको सचिवालय बैठक : पौडेल र थापाको मोडेलमा छलफल हुने

Nekapa-Sachibalaya_newskarobar फाइल तस्बिर

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्ने भएको छ । उक्त बैठकमा महासचिव विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ले तयार पारेको तल्लो तह तथा जनवर्गीय संगठनको मोडेलका विषयमा छलफल हुने बताइएको छ ।

बुधबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तल्लो तहका संगठनको एकता मोडेल बनाउन नसक्दा बैठक दुई दिन लगातार सरेको थियो ।

यता नेकपाभित्र लामो समयदेखि केन्द्रीय समिति बैठक बस्न नसकेको भन्दै आलोचना बढेको छ । अर्कातर्फ अध्यक्षद्वय ओली र प्रचण्डले तल्ला तह तथा जनवर्गीय संगठनको एकताको मोडेल तयार पार्न नसकेको भन्दै आलोचना बढेको छ ।

मंगलबार असन्तुष्ट २१ केन्द्रीय सदस्यले अध्यक्ष पुष्पकमल दाहाललाई ज्ञापन-पत्र बुझाउँदै तत्काल केन्द्रीय कमिटि बैठक बोलाउन माग गरेका थिए ।

प्रकाशित समय १३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु